सुनको मूर्ति भनी ठगी गर्ने व्यक्तिहरू पक्राउ

डिसी नेपाल
१५ साउन २०७७ १८:२१

काठमाडौं । सुनको बुद्दमूर्ति बिक्री गर्ने भनी ठगी गर्ने २ जनालाई उपत्यकाका विभिन्न स्थानहरूबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महोत्तरीबर्दिबास नगरपालिका–८ बस्ने २१ वर्षीय अनिल बाँनिया र रामेछाप मन्थली नगरपालिका-२ घर भई काठमाडौं जोरपाटी बस्ने ३७ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् ।

आफूहरूसँग आधा किलो सुनसहितको गौतम बुद्दको मूर्ति रहेको र किन्ने भए २० लाख रुपैयाँमा बेच्छौं भनी नगद १४ लाख रुपैयाँ समेत लिई फरार रहेका उनीहरूलाई नगद १ लाख ९५ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाईएको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *