सुन तस्करीमा युनुस कनेक्सन
काठमाडौं। गत मंगलबार महानगरीय प्रहरी दरवारमार्ग वृत्तले बरामद गरेको १४ किलो चाँदी र आधा किलो सुन तस्करीको कनेक्सन केन्द्रीय कारागारमा रहेका युनुस अन्सारीसँग जोडिएको छ। उनको व्यापारिक साझेदार इन्साद हुसेनको गाडी बरामद हुनु र हुसेन फरार रहेको अवस्थामा पक्राउ परेका तीन जनाको बयानको आधारमा तस्करीको कनेक्सन अन्सारीसँग जोडिएको हो।
‘‘कमलादीबाट बरामद भएको भनिएको नक्कली सुनसँग भारतीय जाली नोटको तस्करी संलग्न युनुस अन्सारीको संलग्नता रहेको देखिन्छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने। उनका अनुसार केन्द्रीय कारागारमा भारतीय नक्कली नोटको तस्करी अभियोगमा सजाय भोगिरहेका अन्सारीले आफ्ना सहयोगी मार्फत सुन तस्करी गरेको खुलेको छ।
‘प्रहरीले गाडी फेला पारेपछि गाडी नम्बर र गाडी धनी ट्रेसिङ गर्ने क्रममा इन्सादको भएको थाह पायो त्यसपछि गाडी बरामद गरिएको स्थान पनि अन्सारीकै घर नजिक थियो। यो विषयमा अन्सारीलाई पनि अनुसन्धान गरिरहेका छौ’, अनुसन्धानमा संलग्न प्रहरीले भने। यो विषयमा प्रहरीले अन्सारीसँग सोधपुछ समेत गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment