रेडक्रस, सिडियो र डिएसपीले बाँडे बजारमा हिडनेलाई मास्क

डिसी नेपाल
१६ साउन २०७७ १४:४४

मुगु। मुगुका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र रेडक्रसको सहयोगमा कोरोनाको प्रवाह नगरी बजारमा हिड्नेलाई मास्क वितरण गरिएको छ।
सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि गत चैत ११ बाट गदै आएको लकडाउन हालै अन्त्य गरेको घोषणा गरेपनि कोरोना संक्रमण यथावत रहेको र सर्वसाधरणहरु कोरोना रोग निर्मुल भए झै जमघट हुने, भेला हुने, सार्वजनिक कार्यक्रम गर्ने र विना मास्क हिडडुल गर्न थालेपछि मुगुका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले बजारमा मास्क वितरण गरेको हो।

बजारमा दिनानु दिन भिडभाड बढदै गएको र चहल पहल क्रमश बढदै जाँदा कोरोना संक्रमण समुदायसम्म फैलने सम्भावना भएकाले घरबाट बाहिर निस्कदा मान्छेहरुसंग सम्पर्क भएर कोहि कसैलाई कोेरोना भए अर्को व्यक्ति तथा समुदायमा फैलने सम्भावना भएकाले मास्कको अनिवार्य प्रयोगका लागि जनचेतना दिने उद्देश्यले नेपाल रेडक्रस सोसाईटी मुगुका सभापती जय बहादुर मल्ल, युएमएन मुगु कलष्टरका व्यवस्थापक नेत्र बहादुर शाही, प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला र प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहको नेतृत्वमा शुक्रबार बजारमा विना मास्क हिडडुल गर्ने व्यक्तिहरुलाई मास्क वितरण गरिएको हो।

बजारमा मास्क नलगाई हिड्ने ३ सय जना जतीलाई आज मास्क वितरण गरेको र उनीहरुलाई नियमित मास्क लगाउन भिडभाड नगर्न आग्रह गदै सल्लाह दिईएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए।

मुगुमा हालसम्म २ जनालाई कोरोना संक्रमण देखिएकोमा एक जना कोरोनालाई जितेर घर फर्किसकेका छन भर्ने अर्का एक आईसुलेसनमा छन। कोरोना संक्रमण देखिएका दुबैमा कोरोनाको कुनै लक्षण देखिएको थिएन उनीहरु सामान्य अवस्थामा रहेका थिए।

मुगु जिल्लामा २ जना र जिल्ला बाहिर सुर्खेतमा गरिएको स्वाव परिक्षणमा ६ जना मुगालीहरुमा कोरोना संक्रमण देखिएकोमा ४ जना डिस्चार्ज भैसकेका छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *