सांसद यादव कोरोना संक्रमित
काठमाडौं। प्रतिनिधिसभाका सांसद प्रदिव यादवमा कोरोना संक्रमण देखिएको छ। पर्साबाट प्रतिनिधिसभामा प्रत्येक्ष निर्वाचित जनता समाजवादी पार्टीका सांसद यादवले आफ्नो फेसबुकमाफर्त आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन्।
उनले आफूले कोरोना परीक्षणका लागि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको बताएका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको र वीरगञ्जस्थित आफ्नै घरमा आइसोलेशनमा बसेको बताएका छन्।
यादव संक्रमित हुने पहिलो सांसद हुन्। यसअघि कर्णाली प्रदेशका सदस्य जीवनबहादुर शाही संक्रमित भएका थिए। उनी ठिक भएर अस्पतालबाट डिस्चार्ज भइकसकेका छन्।
उता वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी पनि कोरोना संक्रमित भएका छन्। उनी पनि हाल आइसोलेशनमा छन्।
https://www.facebook.com/pradip.yadav.10/posts/3096419847121557
No ads found for this position

डिसी नेपाल
Facebook Comment