कोरोना संक्रमितको शव व्यवस्थापनमा विराेध, स्थानीय र प्रहरीबीच झडप

डिसी नेपाल
१७ साउन २०७७ ८:५४

काठमाडौं । पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गर्दा झडप भएको छ। गएराती संक्रमितको शव व्यवस्थापन गर्नेक्रममा स्थानीय नागरिकले अवरोध गरेपछि प्रहरीले हवाई फायर अश्रु ग्यास प्रहार गर्दा झडप भएको हो। पर्सा प्रहरीका अनुसार एसपी गंगा पन्तसहित ७ प्रहरी जवानलाई ढुंगाले लाग्दा सामान्य घाईते भएका छन्।

प्रहरीले हवाइ फायर गरेपछि स्थानीयहरु तितरवितर भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

संक्रमितको शव व्यवस्थापन गर्न गाउँ नजिकैको जगंलमा जाँदा मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दाले अवरोध गरेका थिए ।

शव व्यवस्थापनका लागि जंगल क्षेत्रमा जाने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई मिलन चोकमा स्थानीयले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *