शारिरीक अशक्तलाई घरमै गएर सेवा

डिसी नेपाल
१७ साउन २०७७ १३:४४

काठमाडौं । जिल्ला प्रशासन कार्यालय नुवाकोटले शारिरीक अशक्तता भएका ब्यक्तिहरुलाई घरमै गएर सेवा दिन शुरु गरेको छ।

स्वास्थ्यको कारण स्वयं कार्यालयमा उपस्थित हुन नसक्ने ब्यक्तिहरुलाई घरमै पुगेर सेवा दिन थालेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।

यसैक्रममा विदुर नगरपालिका वडा नम्बर २ पाटीपानीका ८० बर्षिय विष्णुमाया कसाईलाई उनकै घरमा पुगी नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ।

शारिरीक अपाङ्गता र उमेरका कारण कार्यालयमा आएर सेवा लिन नसक्ने भएकाले घरमै पुगेर सेवा प्रबाह गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए।

उनले अशक्त, स्वास्थ्यको कारण कमजोरी, बृद्धबृद्धा, अपाङ्गालगायत प्रशासन कार्यालयसम्म आईपुग्नको लागी कठिन अवस्थाका नागरिकहरुको लागी घरमै पुगेर सेवा पु¥याउनको लागी कार्यालयले गृहकार्य गरिरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *