माइक्रो दुर्घटनामा १७ यात्रु घाइते

डडेल्धुरा । डडेल्धुरामा माइक्रो दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आज बिहान भीमदत्त राजमार्गअन्तर्गत आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक सो माइक्रो दुर्घटनामा परेको हो ।

भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सुपप्र ०१–००१–ख २३२३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकभन्दा करिब १५ मिटर तल खसेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार माइक्रोमा रहेका १७ घाइते भएका छन् । गाडी चालक कैलालीको गोदावरी नगरपालिका–६ का २५ वर्षीय शिवराज फुलारा र सोही ठाउँका गाडी मालिक ३० वर्षीय हिमाल माझी घाइते भएका छन् । फुलारा र माझीलाई उपचारका लागि धनगढी पठाएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो