सुनकाण्डमा आइजीपीको अग्निपरीक्षा

डिसी नेपाल
१८ साउन २०७७ ११:१८

काठमाडौं। शैलेश थापा प्रहरी महानिरीक्षक भएको एक महिना नपुग्दै मातहतका प्रहरी कर्मचारीहरु सुन तस्करसँग साँठगाँठ गरेर संगठनलाई बद्नाम गराउने र बर्दीको दुरुपयोग गर्न लागे।

प्रहरी महानीरीक्षक भएर कार्यभार सम्हालेपछि मातहत निकायलाई कानुन कार्यान्वयनमा कमजोरी नगर्न र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न र बर्दीको दुरुपयोग नगर्न दिएको निर्दैशन एक महिना नपुग्दै राजधानीमा दिनदहाडै भएको नक्कली सुन काण्ड अप्रेशनको क्रममा उल्लंघन भयो।

आदेशलाई काठमाडौंजस्तो संवेदनशील क्षेत्रमा खटिएका प्रहरी अधिकारीको लापारवाहीपूर्ण अप्रेशन र सुन तस्करसँगको साँठगाँठले महानिरीक्षक थापाको निर्देशनलाई वेवास्था गरेको स्पष्ट हुन्छ।

महानगरीय प्रहरी वृत्त दरवामार्ग प्रहरीले सुन तस्करसँग साँठगाँठ गरेर प्रहरी अप्रेशसन असफल बनाउनु, तल्लो तहका कर्मचारीलाई पूर्ण विश्वास गरेर माथिल्लो तहमा ढिलो जानकारी गराउनु तथा सुन बरामद भएको भन्दै सुन बोक्ने गाडी र मानिसलाई छाडिदिनुले प्रहरी अप्रेशन कति फितलो थियो र प्रहरी महानिरीक्षकको भनाइ कति पालना गरे भन्ने प्रश्न उठेको छ।

वृत्तका डिएसपी रञ्जनकुमार दाहालले सामान लिएर गाडी खोज्ने प्रयास त्यतिबेलै किन गरेनन्, सामान बुझेको मंगबार विहान ८ बजे गाडी फरार भयो भनेर सञ्चार सेटमा आधाघण्टा ढिलो ८ः२९मा मात्रै खबर गरेका थिए। आधा घण्टाको बीचमा सुन तस्कहरुले गाडी नख्खीपोटस्थित एक घरमा लगेर व्यवस्थापन गरिसकेका थिए।

नेपाल प्रहरीको माथिल्लो तहसम्म भएको अनुसन्धानकर्मीहरुले जाहेर गरिरहेका बेला महानिरीक्षक थापाले यो काण्डका दोषीलाई सहजै उन्मुक्ति दिन्छन कि हदै सम्मको कारवाही उत्रन्छन् त्यो उनका लागि अग्नी परीक्षा हुनेछ। संगठनको चेन अफ कमाण्ड नमान्ने गल्ती कमजोरी गर्नेहरुका लागि महानिरीक्षक थापालाई नेपाली सैनिकले कसरी कारवाही गरेको छ भनेर उदाहरण समेत काफी छ।

गाडी व्यवस्थापन भएपछि मात्रै सेटमा खबर गर्नुले उनको नियतमाथि पनि प्रश्न उठाउने अवस्था रहेको छ। जब तल्लो तहका कर्मचारीहरुले गल्ती कमजोरी गर्छन त्यसको अपजस संगठन र संगठन प्रमुखले लिनुपर्ने हुन्छ। डिएसपी दाहालको कमजोर सुरक्षा प्रणालीले काठमाडौं परिसर, महानगरीय प्रहरी कार्यालय रानीपोखरी हुँदै प्रहरी प्रधानकार्यालयसम्मले धक्का पाएको छ।

प्रहरीका यस्ता ससाना गल्तीले संगठन यूनिट प्रमुखदेखि संगठन प्रमुख सम्मको प्रतिष्ठामा मात्रै आँच आएको छैन सिंगो प्रहरी संगठन प्रति आमनागरिकले हेर्ने दृष्टिकोण समेत बद्लिने गरेको छ। विगतमा पनि ३३ लो सुन काण्डले प्रहरी संगठन बद्नाम भएको छ।

भलै त्यसका आरोपीहरु पक्राउ परेपनि प्रहरी कर्मचारीहरुको संलग्नताले बद्नाम भएको संगठनको छवि माथि उठ्न सकेको छैन। अहिले पनि नक्कली सुन काण्डले प्रहरी कमजोरी घाम जत्तिकै छलङ्ग छ। माथिल्लो तहलाई समयमै खबर नगर्नु, बरामद भएको स्थान परिवर्तन गर्नु तथा सुन बोकेको गाडी र मानिस सहजै उम्कनु जस्ता प्रमुख गल्तीबाट डिएसपी दाहाल उम्कने ठाउँ छैन।

प्रहरी प्रधानकार्यायबाट मुस्किलले दुई किलोमिटरको दुरीमा रहेको दरवारमार्ग वृत्तले समेत यसरी माथिल्लो निकायलाई गुमराहमा राख्न सक्छ भने दुरदराजमा रहेका अन्य प्रहरी अधिकारीहरुले सही सूचना प्रवाह गर्नेक्रममा शंकाको लाभ उत्पन्न हुने गरेको छ। उनकै नाकामुनि रहेका भएका नक्कली सुन प्रकरणले अन्तर्राष्ट्रिय कनेक्सन समेत जोडिएको छ। भारतीय नक्कली नोट काण्डमा चर्चित पात्रद्वय युनुस अन्सारी र इल्ताफ हुसेन सुन तस्करी काण्डमा जोडिएका छन्।

उनीहरुको कनेक्सन नेपाल प्रहरीको माथिल्लो तहसम्म भएको अनुसन्धानकर्मीहरुले जाहेर गरिरहेका बेला महानीरिक्षक थापाले यो काण्डका दोषीलाई सहजै उन्मुक्ति दिन्छन कि हदै सम्मको कारवाही उत्रन्छन् त्यो उनका लागि अग्नी परीक्षा हुनेछ। संगठनको चेन अफ कमाण्ड नमान्ने गल्ती कमजोरी गर्नेहरुका लागि महानिरीक्षक थापालाई नेपाली सैनिकले कसरी कारवाही गरेको छ भनेर उदाहरण समेत काफी छ।

नेपाली सेनाले गल्ती कमजोरी गर्नेहरु जुनसुकै तह र दर्जाका भएपनि कारवाही गरेर देखाएको छ। सैनिक आचरण विपरित गतिविधि गरेको भन्दै नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त समेत गरेका छ।

गत असारमा उनीहरुलाई सेनाले बर्खास्त गरेको हो। सैनिक अदालतले बर्खास्त गरेको सहायक रथी रावल अमेरिकाबाट वार कलेज सकेर फर्किएका थिए, भने महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए। माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेका हुनाले उनीहरुलाइ बर्खास्त गरेको थियो।

यस्तो उदाहरण काफी रहेका बेला महानिरीक्षक थापाका लागि संगठनमा शुद्धिकरण गर्ने उपयुक्त समय पनि यही हो। यदि उनले यसक्रममा सदासयता देखाए भने उनको इमानदारिता र निष्कलंक छविमा दाग मात्रै लाग्दैन निरिह प्रहरी महानीरिक्षकको रुपमा समेत दर्ज हुनसक्ने संभावना बढ्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *