मेलम्चीमा कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता
सिन्धुपाल्चोक। गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन्।
कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन्। पहिरो आज विहान २ बजे गएको थियो। निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment