मेलम्चीमा कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता

डिसी नेपाल
१९ साउन २०७७ ७:३४

सिन्धुपाल्चोक। गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन्।

कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन्। पहिरो आज विहान २ बजे गएको थियो। निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *