गाईजात्राबारे काठमाडौं उपत्यकाका जनप्रतिनिधिको आह्वान : भिडभाड नगर्नू, प्रसाद नबाँड्नू

खेमराज थापा
१९ साउन २०७७ २२:३९

काठमाडौं। मंगलबार नेपालीहरुको एक ठूलो चार्ड गाईजात्रा परेको छ। देशभर मनाइने यो जात्रा विशेष गरेर नेवार समूदायले मनाउने गर्छन्। र काठमाडौं उपत्यकामा यसको विशेष महत्व छ। तर, काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा यो जात्रा विशेष रुपले मनाइन्छ।

सदाको वर्ष जस्तै यो वर्ष गाईजात्रा मनाउने अवस्था भने छैन। कोरोना महामारीका कारण घरबाट बाहिर निस्कने अवस्था नभएकाबेला गाईजात्रा कसरी निकाल्ने भन्ने त्रास छ। संस्कृति पनि जोगाउनुपर्ने र मानिसलाई पनि जोगाउनपर्ने यो वस्थामा काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरुले के गर्दैछन् भन्ने विषयमा हामीले उनीहरुसँग कुरा गरेका छौं।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका ४ जना जनप्रतिनिधिहरुसँग कुरा गर्दा एउटा कुरमा उनीहरुको एकमत देखियो। उनीहरुले भनेका छन्, ‘भिडभाड नगर्नुहोस्, सामाजिक दूरी कायम गर्नुहोस्।’

वासुवेद थापा

भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर वासुवेद थापाले डिसी नेपालसँग भने, ‘हामीले माइकिंग गरेर धेरै भिडभाड नगर्न भनेका छौं, धेरैलाई घर बाहिर ननिस्कन भनेका छौं, सामाजिक दूरी कायम गर्न भनिएको छ। तर, संस्कृति पनि जोगाउने कुरा छ। जसको घरबाट गाईजात्रा निकालिन्छ। ती सबैको सूचना हामीलाई छ। हामीले उहाँहरुलाई धेरै भिडभाड नगरी जात्रा निकाल्न भनेका छौं।’

चिरिबाबु मर्हजन

ललितपुरको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले डिसी नेपालसँग भने, ‘जात्रा ननिकाल्न सूचना त जारी गरेका छैनौं। तर, गाईजात्रासँग सम्बन्धित सबै कार्यक्रम रोकिएको छ। विभिन्न धार्मिक र जातीय संगठनहरुको तर्फबाट यो वर्ष गाईजात्रा नमनाउने कुरा भएको छ। भिडभाड नगर्न अनुरोध गरेका छौं।’

यस्तै काठमाडौं महनगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले भनिन्, ‘सकेसम्म घरबाट बाहिर नजान भनेका छौं। तर, संस्कृतिको पनि कुरा हो। मनले त मान्दैन। त्यसैले सामाजिक दूरी कायम गरेर जात्रा निकाल्न भनेका छौं। सकेसम्म कम मानिसलाई सहभागि हुन भनेका छौं। प्रसाद भने नबाँड्न भनेका छौं। बरु तयो प्रसाद आश्रममा गएर दिन भनेका छौं।’

हरिप्रभा खड्गी

उता कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले भने, ‘भिडभाड नगर्न भनिएको छ। सामाजिक दूरी कायम गरेर जात्रा निकाल्न भनेका छौं। संस्कृति पनि जोगाउनुपर्ने हुन्छ। मानिसहरु पनि जोगिनुपर्ने अवस्था छ।’

रमेश महर्जन

गाईजात्रामा त्यो वर्ष जसको घरमा मानिसहरु मरेका हुन्छन् उनीहरुको घरबाट गाईजात्रा निकालेर नगरपरिक्रमा गर्ने चलन छ। तर, यो वर्ष कोरोना महामारीका कारण यसप्रकारको जात्रा नहुने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *