सशस्त्र प्रहरीमा डिएसपीसहित १ सय ३१ जनालाई कोरोना संक्रमण

डिसी नेपाल
२० साउन २०७७ १३:३२

काठमाडौं। सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। मुलुकभर कोरोना भाइरस संक्रमणदर बढेसँगै सशस्त्र प्रहरी बलका १ सय ३१ जनामा कोरोना संक्रमण बढ्दै गएको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार कोरोना भाइरस संक्रमितमा एक डिएसपीसहित काठमाडौका १ जना, बाराका १, झापाका ३३ र अन्य सबै इलामका रहेका छन्।

संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको छ। अहिलेसम्म सशस्त्र प्रहरीका संक्रमितमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन्। अन्यको उपचार भैरहेको छ।

लकडाउन खुलेसँगै सुरक्षा निकायमा कोरोनाको संक्रमण बढेको हो। यसको मार सबैभन्दा बढी नेपाल प्रहरीका परेको छ भने सशस्त्र प्रहरीपनि अछुतो रहन सकेको छैन। झापा र इलाममा सबैभन्दा बढी संक्रमित भेटिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *