अयोध्या राम मन्दिरको भूमिपूजनमा मोदीलाई पूजा गराउने पुरोहित नेपाली
काठमाडौं। भारतको उत्तर प्रदेशको अयोध्यामा बुधबार भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले राम मन्दिरको शिलान्यास गरेका छन्।
सो भूमिपूजनका क्रममा मोदीलाई पूजा गराउने पुरोहित नेपाली भएको खुलेको छ। ज्योतिषाचार्य वासुदेवकृष्ण शास्त्रीका अनुसार भूमिपूजन कार्यक्रममा पूजा गराउने पुरोहितहरुमध्ये एक उपआचार्य दुर्गाप्रसाद गौतम नेपाली हुन्।
शिलान्यासमा १ मुख्य आचार्यसहित ८ आचार्यले पूजा गराएका थिए। शिलान्यासका मुख्य आचार्य भने भारतको उत्तर प्रदेशको चन्दौलीका जयप्रकाश तियारी थिए।
उनीसँगै नेपाली आचार्य दुर्गाप्रसाद गौतमले उपआचार्यको रुपमा पूजा गराएका थिए। शास्त्रीका अनुसार आचार्य गौतम वेदाचार्य हुन्। उनी नेपालको झापा जिल्लाका हुन्।
शास्त्रीका अनुसार अयोध्यामा विश्व हिन्दु महासंघले एक विद्यालय चलाएको छ। आचार्य गौतम यो विद्यालयको प्राचार्य हुन्। वेदाचार्य गौतम अहिले अयोध्यामै बस्दै आएका छन्।
अध्ययनको लागि भारत गएका वेदाचाार्य गौतम अध्ययनपछि उतै बस्दै आएका छन्। यो क्षण नेपालका लागि ऐतिहासिक भएको ज्योतिषाचार्य शास्त्रीले बताए। पछिल्लो समय धेरै नेपालीहरु भारतमा उच्च पदमा पुगिसकेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment