भीमफेदी–कुलेखानी सडक पुनः सञ्चालन

डिसी नेपाल
२२ साउन २०७७ १९:२७

मकवानपुर । भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–२ फाखेलको सल्लेरी र सुकौरामा गएको पहिरो हटाइ आज अपराह्नदेखि काठमाडौं हेटौँडातर्फको फाखेल सडकखण्डमा यातायात सेवा पुनः सञ्चालनमा ल्याइएको स्थानीय फाखेल प्रहरी चौकीले जनाएको छ ।

बुधबार दिउँसो आएको अविरल वर्षाका कारण गएको पहिराले स्थानीय सल्लेरी र सुकौरा सडकमा ७–८ ठाउँमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जानेतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको थियो । काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आइरहेको सयौँ सवारी साधन पहिरो पन्छाइएपछि कुलेखानी हुँदै काठमाडौँ र काठमाडौँबाट कुलेखानी हुँदै हेटौँडातर्फ यातायात सेवा सञ्चालनमा रहेको पनि भीमफेदी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए।

यसैगरी, त्रिभुवन राजपथको नौविसे सडकखण्डदेखि हेटौँडासम्मको सडकखण्डमा अहिले दैनिक यातायात सेवा सञ्चालमा रहिरहेको र काठमाडौँ उपत्यकाको लागि आवश्यक इन्धन, खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडा र औषधि आपूर्तिको लागि वीरगञ्जबाट काठमाडौँतर्फ दैनिक यातायात सेवा सञ्चालित भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *