कोरोना महामारीको जोखिम बढेपछि १८ जिल्लामा निषेधाज्ञा

डिसी नेपाल
२२ साउन २०७७ २०:४४
8
Shares

काठमाडौं। सरकारले देश व्यापी लकडाउन अन्त्य गरेपछि बढेको कोरोना महामारीको जोखिमका कारण देशका विभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको छ। बिहीबार बेलुकासम्म देशभरका विभिन्न १८ जिल्लामा निषेधाज्ञाको सूचना जारी गरिएको छ।

गृहमन्त्रालयका अनुसार बिहीबार थप ३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। मन्त्रालयका अनुसार बिहीबार सिराहको मिर्चैयामा २२ गतेदेखि ३२ सम्म निषेधाज्ञा जारी गरिएको छ। यस्तै बर्दियामा जिल्लाभर लागू हुने गरी २५ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। यस्तै जुम्लाको कनका सुन्दरी गाउँपालिकामा २२ गतेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।

बुधबारसम्म देशका विभिन्न १४ जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो। बिहीबार गृहमन्त्रालयले थप तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको जनाएको छ। तर, सुर्खेतमा पनि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेत सूचना जारी गरेको छ।

बुधबारसम्म सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो। सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ।

पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा छ भने सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा लागु हुनेछ। महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका क्षेत्र, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्र, बझाङको थलारा गाउँपालिका–५ र केदारस्यू गाउँपालिका ६ र ७ मा निषेधाज्ञा लगाइएको छ। दार्चुलाको मार्मा गाउँपालिका क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *