पूर्वमन्त्री बस्नेतलाई पितृशोक

डिसी नेपाल
२३ साउन २०७७ ९:०५

सिन्धुपाल्चाेक। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ। उनका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा गए राति त्रिविवि शिक्षण अस्पताल,मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो।

उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए। उनको शव आजै गृहजिल्ला बाह्रबिसे ल्याइ र दाहसंस्कार गरिने काँग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *