आज राती १२ बजेदेखि काठमाडौंका मुख्य बजार सिल !

डिसी नेपाल
२३ साउन २०७७ १५:३५

काठमाडौं। काठमाडौंका मुख्य बजारहरु सिल गरिने भएको छ । आज राती १२ बजेबाट काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्यूरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको हो ।

काठमाडौंमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा फैलिएको छ । यी मुख्य व्यापारिक क्षेत्रहरुमा अत्याधिक भिडभाड हुने र संक्रमण फैलिने खतरा उच्च भएकोले यी क्षेत्र सिल गर्न लागिएको हो । सिल गरिएपछि यी क्षेत्र कहिले खुल्ने भन्ने अझै प्रस्ट भइसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *