प्रधानमन्त्री ओली र उनको सचिवालय सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

डिसी नेपाल
२३ साउन २०७७ २३:१७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले प्रधानमन्त्री ओलीको शुक्रबार गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

उनका अनुसार शुक्रबार प्रधानमन्त्री ओलीसहित उनको सचिवालय सदस्यहरुको कोरोना परीक्षण गरिएको थियो। शुक्रबार बालुवाटारबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहाकार डा. राजन भट्टराई र प्रेसल्लाहाकार सुर्य थापाको स्वाब संकलन गरिएको थियो।

प्रेस सल्लाहाकार थापाले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

केही दिन अगाडि प्रधानमन्त्रीसँग बैठक गरेका प्रदेश नम्बर दुईका मन्त्री ज्ञानेन्द्र यादव कोरोना पोजेटिभ भएपछि शुक्रबार प्रधानमन्त्री र उनको सचिवालय सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *