लामो दूरीको सडक यातायात र हवाई सेवा भदौ १५ सम्म शुरु नगर्न सिफारिस

डिसी नेपाल
२५ साउन २०७७ १९:५९

काठमाडौं। कोरोना संकट वयवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले कोरोना महामारीको जोखिम कम नभएको भन्दै लामो दूरीको यातायात र हवाई सेवा आगामी भदौ १५ सम्म शुरु नगर्न सिफारिस गरेको छ।

सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना महामारीको जोखिम यथावत रहेको भन्दै यस्तो सिफारिस गरेको स्रोतले जानकारी दियो। स्रोतका अनुसार भदौ १५सम्म विद्यालय पनि नखोल्न सुझाव दिएको छ।

यसअघि सरकारले भदौ १ गतेबाट लामो दूरीको यातायात हवाई सेवा शुरु गर्ने निर्णय गरेको थियो। तर, पछिल्ला दिनहरुमा कोरोना संक्रमित र मृत्यु हुनेहरुको संख्या बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल गरेका थिए। उनले विज्ञहरुको सुझाव तथा सीसीमएसीले समिक्षा गरेपछि आवश्यक निर्णय लिने बताएका थिए।

सीसीएमसीले यातायात र हवाई सेवाबारे गरेको सिफारिस मन्त्रिपरिषदको आगामी बैठकले निर्णय गर्ने सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *