७ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

डिसी नेपाल
२५ साउन २०७७ २२:३७

काठमाडौं। सरकारले आइतबार ७ जिल्ला प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृमन्त्री रामबहादुर थापाले सीडीओको सरुवा गरेका हुन्। गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार ७ जना सीडीओको सरुवा भएको गृह स्रोतले जनाएको छ।

स्रोतका अनुसार गृहमन्त्रालयमा रहेका सहसचिब उमेश बस्नेतलाई रौतहटको सीडीओ बनाइएको छ। यस्तै गृहमन्त्रालयमै रहेका अर्का सहसचिब सन्तबहादुर सुनार दैलेख सीडीओमा सरुवा भएका छन्।

गृहमन्त्रालयमा रहेका उपसचिब उमाकान्त अधिकारी म्याग्दीको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्। उता राष्ट्रिय परिचयपत्र तथा प्रमाणीकरण विभागमा रहेकी उपसचिब हिरादेवी पौडेल मुस्ताङको सीडीओ भएकी छन्।

त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट उसचिब खिमराज भुसाल प्युठानको सीडीओमा सरुवा भएका छन्। मन्त्रालयका अनुसार ध्रुव गिरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सरुवा भएर प्रमुख जिल्ला अधिकारीका रुपमा मनाङ पठाइएका छन्।

मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय झापामा रहेका उपसचिब राजकुमार राई सीडीओका रुपमा रुकुम पूर्व सरुवा भएका छन्।

मन्त्रीस्तरीय निर्णय अनुसार दैलेखका सीडीओ युवराज कटेल राष्ट्रिय परिचय पत्र तथा प्रमाणीकरण विभागमा निर्देशकका रुपमा सरुवा भएका छन्।

यस्तै गृहमन्त्रालयमा रहेका सहसचिब अरुणकुमार पोखरेल गृहमन्त्रालयबाट विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागमा सरुवा भएका छन्। उता गृहमन्त्रालयमा रहेका कृष्णबहादुर शाही झापामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पदस्थापन भएका छन्।

यस्तै उपसचिब दिपक कोइराला गृहमन्त्रालयबाट धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी सहसचिब वासुदेव घिमिरे मन्त्रालय तानिएका छन्।

उपसचिब म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मन्त्रालय सरुवा गरिएका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी उपसचिब वेद प्रसाद अर्याल पर्साको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्।

प्युठानमा प्रमुख जिल्ला अधिकारी उपसचिब कृष्ण प्रसाद पन्थ मन्त्रालय तानिएका छन्। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्ने ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *