अख्तियारका प्रमुख आयुक्त घिमिरे कोरोना संक्रमित
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे कोरोना संक्रमित भएका छन्। सोमबार गरिएको कोरोना परीक्षणमा उनी कोरोना संक्रमित देखिएको स्रोतले जनाएको छ।
अख्तियारका केही कर्मचारी र सुरक्षाकर्मी कोरोना संक्रमित भएपछि अख्तियारका प्रमुख आयुक्त, आयुक्तहरुलगायत कर्मचारीको सोमबार कोरोना परीक्षण गरिएको थियो। नेपालमा संक्रमितहरुको संख्या बढ्दै गएपछि उच्चपदस्थहरु पनि संक्रमित हुन थालेका छन्।
हालै प्रदेश नम्बर २ का मन्त्री ज्ञानेन्द्र यादव पनि कोरोना संक्रमित भएका थिए। यस्तै सांसद प्रदीप यादव, कर्णाली प्रदेशका प्रदेशसभा सदस्य जीवनबहादुर शाही, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलगायत पनि कोरोना संक्रमित भइसकेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment