नुवाकाेटमा काेराेना : ६४ जनामा संक्रमण पुष्टि, ४० निकाे भए

डिसी नेपाल
२८ साउन २०७७ १२:०२

नुवाकोट। जिल्लामा हालसम्म ६४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। एक हजार ५ सय ३ जनामा गरिएकोमा ६४ जनाको रेकर्ड पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी झंकथान ढकालले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार पिसिआर परीक्षणको लागि संकलन गरिएका स्वाव मध्ये १ सय ९६ जनाको परीक्षण नतिजा प्राप्त हुन बाँकी रहेको छ।
नुवाकोटमा हाल आइसोलेशनमा २४ जना व्याक्तिहरु रहेका छन् जसमध्ये त्रिशुली अस्पतालमा–१५ जना, खरानीटार अस्पतालमा–३ र काठमाण्डौका बिभिन्न अस्पतालमा–६ जना रहेका छन्।

कोरोना पोजेटिभ देखिएकामध्ये बिभिन्न अस्पतालको आइसोलेशनमा उपचार गराईरहेका ४० जना उपचार प्रश्चात् स्वास्थ्य लाभ गरी घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए। उनले भने, ‘हामिले जिल्लामा अहिलेसम्म कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका प्रयासहरु धेरै भईरहेका छन्। जस्मध्ये जिल्ला संकट व्यवस्थापन केन्द्र नुवाकोटले जिल्लामा कोरोना संक्रमणको पछिल्लो समग्र अवस्था विश्लेशण गरी जिल्लाभित्र संक्रमण फैलिन नदिन रोकथाम र नियन्त्रणका बिभिन्न रणनीति अवलम्वन गरेका छौ।’

प्रजिअ ढकालले कोरोना रोकथाम र नियन्त्रण लागि संक्रामण देखिइसकेका र संक्रमणको उच्च संभावना भएका क्षेत्रहरुमा सीमा नाकावाट जिल्ला प्रवेश गर्न कडाई गरिएको छ भने संक्रमण देखिएको स्थानमा व्याक्तिसगं सम्र्पकमा आएका व्यक्तिहरुको खोजी गरी स्वाव संकलन गर्ने कार्यलाई तीव्रता दिइएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *