सपिङ्ग मल, होटल रेष्टुरेण्टमा काम गर्नेहरुलाई आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न निर्देशन
काठमाडौं। सरकारले फ्रन्टलाइनमा काम गर्ने र धेरै मानिसहरुको सम्पर्कमा आउने उद्योग व्यवसायमा काम गर्नेहरुलाई आफ्नै खर्चमा कोरोनाको पीसीआर परीक्षण गर्न निर्देशन दिएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै सपिङ्ग मल, होटल रेष्टुरेण्टलगायतका धेरै मानिसको सम्पर्कमा आउने व्यवसायमा रहेका कर्मचारी तथा व्यक्तिहरुलाई आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न भनेको हो।
मन्त्रालयले देशमा पछिल्लो समय कोरोनाको जोखिम बढेको भन्दै यस्तो सूचना जारी गरेको हो। देशमा पछिल्लो पटक लगातार कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ भने मृतकहरुको पनि संख्या बढिरहेको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment