पत्रकार बानियाँको निधनबारे छानबिन गर्न महासंघको माग

डिसी नेपाल
२८ साउन २०७७ २३:३६

काठमाडौं। नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिव बलराम बानियाँको निधनप्रति महासङ्घले दुःख व्यक्त गरेको छ । ‘पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासङ्घ दिवङ्गत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछ’, महासङ्घद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगत्मा महत्वपूर्ण योगदान पु¥याउनुभएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत थिए।

यही २०७७ साल साउन २६ गते दिउँसोदेखि काठमाडौँबाट सम्पर्कविहीन रहेका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डुजलविद्युत् आयोजना स्थलमा मंगलबार भेटिएको र बुधबार पहिचान भएको नेपाल प्रहरीले जानकारी दिएको छ । महासङ्घले बानियाँको रहस्यमय ढङ्गले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग मागसमेत गरेको छ। साथै महासङ्घले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदनासमेत व्यक्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *