अंग्रजी संस्करणको नेपालको नक्सा स्वीकृत, राष्ट्र संघमा पठाउने बाटो खुल्यो

डिसी नेपाल
३० साउन २०७७ २०:३६
4
Shares

काठमाडौं। नेपालको नयाँ नक्साको अंग्रेजी संस्करण स्वीकृत भएको छ। सो नक्सालाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा स्वीकृत गरिन्। नापी विभागले नक्सा समितिमा निर्णय गरी स्वीकृतीका लागि मन्त्रालयमा पेश गरेको थियो।

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको भू–भाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक नक्सा राजपत्रमा समेत प्रकाशित गरेको थियो। विश्व जगतमा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउन जरुरी रहेको भन्दै अंग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ।

अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्रसंघ कुटनीतिक नियोगहरू, समग्र अन्तर्राष्ट्रिय जगतमा पठाउने बाटो खुलेको मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *