No ads found for this position
No ads found for this position

काेराेना कहर : फुटपाथ बन्द भएपछि साना व्यापारी मारमा

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१ भदौ २०७७ ७:१८
4
Shares
No ads found for this position

काठमाडौं। सरकारले कोरोना भाइरसको जोखिम उच्च भएपछि उपत्यकामा फुटपाथ व्यवसाय बन्द गरेपछि फुटपाथटमा व्यापार गर्ने व्यवसायी मारमा परेका छन्।

लामो समयसम्म बन्द रहेको व्यवसाय काठमाडौंमा असार १ बाट लकडाउन खुकुलो बनाएसँगै संचालन गर्न सुरु गरेका थिए। तर लकडाउन खुकुलो भएपछि कोराेना संक्रमणदर बढ्दै गएको भन्दै सरकारले उपत्यकामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको छ।

फुटपाथको व्यवसायबाट रोजीरोटी चलाउँदै आएका केही व्यापारी व्यवसाय संचालन गर्दा समेत व्यापार नभएकाले भोकै बस्नुपर्ने बाध्यता आइपरेको बताउँछन्।कलंकी चोकमा चिया बेच्दै आएकी सीता अधिकारीले फुटपाथमा चिया बेच्न नपाएपछि विहान बेलुकाको छाक टार्न मुश्किल परेको बताइन्।

‘व्यापार संचालन गर्दापनि व्यापार थिएन। जसोतसो छाक टार्ने मेसो मिलाएको थिएँ। त्यही पनि बन्द भयो अब विहान बेलुका छाक टार्न मुश्किल पर्ने भयो,’ उनले भनिन्।

सरकारले यसअघि धेरै भीडभाड हुने सभा, सम्मेलन, गोष्ठी, तालिम संचालनमा रोक लगाएपनि फुटपाथमा पसल संचालमा रोक लगाएको थिएन। तर उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै फुटपाथ संचालमा सरकारले रोक लगाएको थिएन। जसको कारण काठमाडौका मुख्य चोक भरिभराउ देखिन्थे।
शुक्रबारदेखि उपत्यका तीन जिल्लामा फुटपाथ पसल बन्द गर्ने निर्णय गरिएको थियो। तर फुटपाथ व्यापारीले भने रोगले भन्दा भोकले मरिने चिन्ताले सताउन थालेको बताएका छन्।

सोल्टिमोडमा गाडामा तरकारी बेच्ने एक दम्पतीले रोगले भन्दा पनि भोकले मरिने चिन्ता लाग्न थालेको बताए। ‘रोगदेखि कति डराउनु भोकले मरिने चिन्ता छ,’ उनीहरुले भने, ‘हामीले के खाने, कहाँ जाने? खाने सामल सकिएको बेलामा घरबेटीले भाडा मागेर दुख दिँदै छन्।’

फुटपाथ मात्रै नभएर उपत्यकाका मुख्य बजार कोरोना संक्रमणको जोखिम बढेको भन्दै बन्द गरिएको छ। व्यापार व्यवसाय बन्द गरेपछि आफ्नो खाने श्रोत खोसिएकाले कसरी बाँच्ने भन्ने चिन्ता लाग्न थालेको व्यापारी बताउँछन्।

मनमैजुमा चटपटे बेच्दै आएकी सपना नेपालले सधैं बन्द गरेर सरकारले गरिब जनतालाई भोकै मर्न बाध्य पारेको गुनासो गरिन्। उनले भनिन्, ‘कहिलेसम्म बन्द गर्ने? मेरा ३ वटा बच्चा छन्, म त भोकै बसौंला। बच्चालाई के खुवाउने? हाम्रो जिम्मा कसले लिन्छ?’

यता विज्ञहरुले भने पछिल्लो समय कोरोनाबाट मुलुक बचाउनको लागि सरकार बाध्य भएर बन्द गरेको टिप्पणी गरेका छन्। सुरुवातबाट चेतावनी दिँदै आएपनि जनता सचेत नहुदाँ चौतर्फी बन्द गर्न परेको उनीहरुको दाबी छ।

‘सुरुका दिनमा पनि हामीले धेरै भन्याैं यदि जनता सचेत नहुने हो भने सरकार कर्फ्यू लगाउन पनि तयार हुनुपर्छ,’ जनस्वास्थ्यविद् डा. रवीन्द्र समीरले भने, ‘सुरुका दिनमा गरेका लापरबाहीले यो अवस्था आएको हो। फेरि लापरवाही नै गर्ने हो भने समाचारमा आएजस्तै अरु मुलुकले झै भयावह स्थिति झेल्नु पर्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *