No ads found for this position
No ads found for this position

संघीय संसदको नयाँ लोगोलाई लिएर किन आलोचना भइरहेको छ ?

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१ भदौ २०७७ ११:२२
No ads found for this position

काठमाडौं। नेपालको अद्यावधिक गरिएको राजनीतिक एवं प्रशासनिक नक्सा अंकित संघीय संसदको लोगो आइतबार संघीय संसदका पदाधिकारीलाई हस्तान्तरण गरिएको थियो। आइतबार सभामुख, राष्ट्रिसभाका अध्यक्ष र उपाध्यक्षले नयाँ लोगो लगाएका थिए।

तर, संघीय संसदको नयाँ लोगो सार्वजनिक भएपछि त्यसको चौतर्फी आलोचना भएको छ। सामाजिक संजालमा संघीय संसदको लाेगोका बारेमा विभिन्न टिकाटिप्प्णी हुन थालेका छन्। विशेष गरी लोगोको डिजाइनलाई लिएर आलोचना भइरहेको छ।


संघीय संसद सचिवालयका अनुसार लोगोका डिजाइनर ८७ वर्षीय टेकवीर मुखिया हुन्। मुखियाले नै यसअघिको संसदको लोगोको डिजाइन तयार पारेका थिए। अहिलेको नयाँ लोगो पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उद्योग कार्यालयमा रहेका कालिकडहरुले हातले कुँदेर तयार पारेका हुन्। लोगोको डिजाइन हस्तकला माध्यमबाट तयार भएको संसद सचिवालयले जनाएको छ।

गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो।


सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो। कार्यव्यवस्था परामर्श समितिको सोही निर्णय अनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ। लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो। प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको महासचिव भरतराज गौतमले जानकारी दिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *