ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल
फाइल फाेटाे।
काठमाडौं। प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न संवैधानिक आयोगमा नियुक्ती लगायतका विषयमा छलफल भएको छ।
हाल विभिन्न संवैधानिक आयोगमा ३९ पद रिक्त छ। तिनै पदमा नियुक्तीलगायता विषयमा छलफल गर्न सभापति देउवा बालुवाटार पुगेका थिए।
छलफलमा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र नेेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment