No ads found for this position
No ads found for this position

भोलिबाट हुने सबै चार्टर्ड उडान रद्द, विदेशमा अलपत्र नेपालीको तत्काल उद्धार नहुने

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१ भदौ २०७७ २०:१५
44
Shares
No ads found for this position

काठमाडौं। मंगलबारबाट हुने भनिएका सबै चार्टर्ड उडान रद्द भएका छन्। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मंगलबारबाट हुने भनिएका सबै यात्रुवाहक चार्टर्ड उद्धार उडान रद्द गर्न भनेको हो।

उडान रद्द गर्न भन्दै सीसीएमसीले सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। सीसीएमसीको यो निर्णयसँगै विदेशमा अलपत्र परेका नेपालीहरुको समस्या झन बल्झिने देखिएको छ। सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई वैदेशिक रोजगार बोर्डको रकमबाट उद्धार गर्ने भने पनि सोअनुसार उद्धार हुन सकेको छैन।

परराष्ट्र मन्त्रालयले सीसीएमसीको पत्रका आधारमा विदेशस्थित दूतावासहरुमा उडान रद्द भएको जानकारी गराइसकेको परराष्ट्र स्रोतले जानकारी दियो। अब सीसीएमसीले अर्को निर्णय नगरेसम्म उद्धार उडान नहुने परराष्ट्र स्रोतले बताएको छ।

परराष्ट्रको पत्रपछि दूतावासहरुले उडान स्थगित भएको सूचना जारी गरेका छन्। मलेसिया, साउदी, कुवेत लगायत मुलुकस्थित नेपाली दूतावासले अर्को सूचना जारी नहुँदासम्मका लागि सबै यात्रुवाहक चार्टर्ड उद्धार उडान स्थगित भएको उल्लेख गरेका छन्।

सीसीएमसीले नेपालमा कोरोनाको संक्रमण बढिरहेको र विदेशबाट फर्किनेहरुका लागि आवश्यक क्वारेन्टिनको व्यवस्था भइनसकेको भन्दै उडानहरु रद्द गर्न भनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *