No ads found for this position
No ads found for this position

अपहरण आरोपमा ५ जना प्रहरीको नियन्त्रणमा

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ भदौ २०७७ ८:५२
No ads found for this position

काठमाडौं । अपहरणको अरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ। सोमबार राती ९ बजे काठमाडौंको डल्लुबाट अपहरणमा परेको भन्दै किसन डगौराले आफूलाई अपहरण गरेकोभनी प्रहरीलाई खबर गरेपछि उनीहरुलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो।

प्रहरीले पिछा गर्दै जादा ललितपुर इमाडोलबाट कार सहित उनीहरूलाई पक्राउ गरेको हो । मोबाइलको लोकेशनको आधारमा सिआईबी र ललितपुर प्रहरीले संयुक्त खोजि गरेका थिए।

वा १२ च १६१७ नम्बरको कारसहित ललितपुरको इमाडोल स्थित कृष्णमन्दिरबाट ५ जनालाई नियन्त्रणमा लिइएको ललितपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर घर भई हाल काठमाडौं डल्लु बस्ने किसन डगौरा, ललितपुर टीकाथली बस्ने निर्प सोडारी, ललितपुर टीकाथली बस्ने लाल बहादुर रावल, सम्राट रावल र नविन खड्का र महालक्ष्मी–८ लुभु बस्ने गणेश बहादुर साउद रहेका छन् ।

डगरौले भने प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशिल यादवले लेनदेन नमिलेपछि अपहरण गरेको र ललितपुरतिर लैजादै गर्दा प्रहरीले पक्राउ गरेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *