No ads found for this position
No ads found for this position

राजविराजमा ‘एक घर, एक पीसीआर’ अभियान सुरु

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ भदौ २०७७ १४:२७
8
Shares
No ads found for this position

राजविराज । सहयोद्धा नामक सामाजिक संस्थाले राजविराजमा एक घर एक पीसीआर अभियान सुरु गरेको छ । सप्तरीको राजविराज नगरपालिकालाई केन्द्रित गरेर उक्त संस्थाले एक घर एक पसीआर परिक्षण गर्नेगरि अभियान सुरु गरेको हो ।

संस्थाले पीसीआर’ परिक्षण गर्नका लागि स्थायीको घरघरमा पुगेर स्वाब संकलन गर्नेछ। स्वाब संकलन गर्नका लागि आवस्यक पर्ने भिटिएम कीट खरिदका लागि सहयोग रकम समेत संकलन गरिरहेको संस्थाका अध्यक्ष रबिन्द्र यादवले जानकारी दिए । ‘एक घर एक पीसीआर’,आफैं जुटौं, मौन छ सरकार’ भन्ने मुल नाराका साथ सुरु गरिएको अभियानले कम्तीमा एक घरबाट एकजनाको स्वाब संकलन गरि परिक्षणका लागि गजेन्द्र नारायण अस्पतालमा पठाउनेछ ।

संस्थाका संस्थापक तथा मुख्य सल्लाहकार रोशन यादव अनुसार अभियानका लागि संस्थाले राजविराज नगरपालिकाको अञ्चल अस्पताल र जनस्वास्थ्य महाशाखासंघ समेत सहकार्य गरेको छ । महाशाखाको समेत समन्वयमा संस्थाको टिमले घरघर पुगेर स्वाब संकलन गर्नेछ। स्वाब संकलनका लागि आवस्यक पर्ने भिटिएम कीट किन्नका लागि सहयोग रकम समेत गरिरहेको छ। १० दिनमा १ लाख १० हजारभन्दा बढी रकम संकलन भइसकेको संस्थाका कोषाध्यक्ष अभिषेक यादवले जानकारी दिए ।

कोरोना भाइरसको बढ्दो अवस्था र सरकारको जति गर्नुपर्ने हो, त्यति नगरेका कारण संस्थाले अभियान सुरु गरेको संस्थाकि उपाध्यक्ष अनुप्रिया सिङले बताइन् । अभियानबाट सरकारलाई खबरदारीका साथै गुणस्तरीय क्वारेन्टाइन तथा आइसाेलेशनको व्यवस्था गर्न दबाब समेत दिने उनले बताएकी छिन् । उनका अनुसार केही दिनभित्रै स्वाब संकलन कार्य सुरु गरिनेछ ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *