राष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने क्यामराम्यान पक्राउ
काठमाडौं। राष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने एक युवा पक्राउ परेका छन्। जात, धर्म र राष्ट्रियताविरुद्धको भिडियो बनाएको आरोपमा क्यामेराम्यानलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो।
उनी हालै युट्यूबमा राखिएको म्युजिक भिडियोका क्यामेराम्यान रहेको प्रहरीले जनाएको छ। भिडियोबारे प्रहरीलाई जानकारी भएपछि प्रहरीले खोजी गरेको महाशाखाका प्रवक्ता ईश्वर कार्कीले बताए। उनका अनुसार गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ।
उक्त भिडियो सोमबार एक युट्यूव च्यानल मार्फत अपलोड भएको थियो। देशद्रोही नामको म्युजिक भिडिओ सार्वजनिक भएपछि प्रहरीले जानकारी पाएको थियो।
भिडियोमा गायक तामाङले झण्डा जलाएका छन् भने जातिमाथि अभद्र शब्द प्रयोग गरेका छन्। उक्त भिडियो मकवानपुरको एक विद्यालयमा सुटिङ गरिएको थियो। प्रहरी भिडियो डिलिट गर्ने जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment