निर्वाचन आयोगमा नेकपा एमाले दर्ता

डिसी नेपाल
३ भदौ २०७७ १७:४४

काठमाडौं। नेकपा एमाले नामको राजनीतिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। गएको असाढ १२ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन परेको थियो। आवश्यक प्रक्रिया पुरा भएपछि दल दर्ता गरिएको आयोगले जनाएको छ।

नयाँ दर्ता भएको नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन्।

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक चलिरहेकै बेला निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेपछि नेकपामा तरंग आएको थियो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली इतर समूहका नेताहरुले ओलीले नै नेकपा एमाले दर्ता गराएको आरोप लगाएका थिए।

तत्कालिन एमाले र माओवादी मिलेर नेकपाको जन्म भएको थियो। तर, त्यस यता माओवादी र एमाले दुबै दलहरु निर्वाचन आयोगमा दर्ता भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *