कार्यदलले बुझाएको प्रतिवेदनमाथि मंगलबार अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल हुने

डिसी नेपाल
८ भदौ २०७७ १२:३०

काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद समाधान गर्न गठित कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमाथि सोमबार (आज) विहान ११ बजे दुई अध्यक्षले छलफल गर्ने कार्यक्रम भएपनि स्थगित भएको छ।

‘कार्यदलले बुझाएको प्रतिवेदनमाथि आज दुई अध्यक्षले छलफल गर्ने कार्यक्रम थियो। तर अन्तिम अवस्थामा आएर रोकिएको छ,’ बालुवाटार निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘आज दुई अध्यक्षबीच टेलिफोन संवाद भयो। र उहाँहरुबीच भोलि विहान साढे नौ बजे छलफल गर्ने समझदारी भएको छ।’

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले पार्टी भित्र देखिएको विवाद समाधानका लागि खाका पेश परेको थियो। उक्त खाकाका विषयमा आज दुई अध्यक्षबीच छलफल हुने कार्यक्रम थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *