सावधान! उपहार लिँदै हुनुहुन्छ ? यस्ता उपहार अशुभ मानिन्छन्

डिसी नेपाल
१२ भदौ २०७७ ६:५९
4
Shares

काठमाडाैं। उपहार लिने र दिने जीवनको एक भाग हो, जसलाई पाएर हरेक व्यक्ति खुशी हुने गर्दछन्। तर उपहार दिने व्यक्तिको नियत कस्तो छ यो जान्न पनि जरुरी छुन्छ।

किनकी उपहार दिने व्यक्तिको नियत राम्रो छैन भने उपहारमा तपाइँलाई यस्तो केही दिन सक्छन् जसले तपाइँको खुशीलाई ग्रहण लगाउन सक्छ। त्यसैले जब कसैले उपहारमा यी चीजहरु दिन्छ भने अनुमान लगाउन सकिन्छ कि उपहार दिने व्यक्तिको नियत राम्रो छैन र यस्तो उपहारलाई घरमा पनि राख्न हुदैन।

१. हिंसक जनावर जस्तै सिंह, बाघ, चितुवाको तस्वीर या मूर्ति उपहारमा लिन र दिन अशुभ मानिन्छ।

२. डुब्दै गरेको जहाजको मूर्ति उपहारमा प्राप्त हुनु र त्यसलाई घरमा राख्नु अशुभ फलदायक हुने गर्दछ। यसबाट आर्थिक नोक्सानी हुने गर्दछ।
३. चक्कु, छुरी कसैलाई उपहारमा दिनु हुँदैन। यदि कसैले दियो भने त्यसलाई घरमा राख्न हुँदैन। उपहारमा चक्कुको लेनदेनले परिवारमा तनाव पैदा गर्ने गर्दछ।

४. कालो वस्त्र कहिले पनि कसैलाई उपहारमा दिनु हुँदैन। यदि कसैले तपाइँलाई कालो वस्त्र दिन्छ भने अशुभ मानिन्छ। यो दुःख, कष्ट र पीडादायक मानिन्छ। यसलाई मृत्युको कारक पनि मानिएको छ।
५. जुत्ता उपहारमा दिनु बिछोडको प्रतीक मानिन्छ। प्रेमीहरुले एक अर्कोलाई उपहार स्वरूप जुत्ता दिनु हुँदैन, यसबाट बिछोड हुने मान्यता रहेको छ।

६. रुमाल उपहारमा दिनु अशुभ मानिएको छ। यसबाट जीवनमा कष्ट थपिनेछ।

७. धेरै जस्तो मानिसहरु घडी उपहारमा दिने गर्दछन्, घडी उपहारमा दिनु भनेको जीवनमा प्रगतिलाई रोक्नु मानिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *