झापाका गरिब विद्यार्थीका लागि डलर उठाउंदै झापाली समाज

डिसी नेपाल
१४ भदौ २०७७ ४:२२

टेक्सास, अमेरिका । विदेशका विभिन्न मुलुकमा बसोबास गर्दै आएका झापाली नेपालीहरुले आफ्नो जन्मस्थान तथा बसोवास रहेको झापा जिल्लाका गरिब र सीमान्तीकृत जनताका सन्ततिका लागि आर्थिक अभियान शुरु गरेका छन् । अमेरिकाका लगायत विभिन्न देशका विभिन्न राज्यमा पेशा, व्यबसायमा रहेका झापालीहरुबाट सदस्यता शुल्कवापत प्रतिव्यक्ति १०० अमेरिकी डलर संकलन गर्न शुरु गरेको झापाली समाज, टेक्सास अमेरिकाका अध्यक्ष डा.पर्शुराम दाहालले जानकारी दिए ।


डा.दाहालका अनुसार, सदस्यतावापत उठ्ने २५ हजार डलरभन्दा बढी रकम झापाका सीमान्तीकृत जनजातिहरु राजवंशी, सतारआदि तथा अन्यका गरीव परिवारका विद्यार्थीहरुलाई विद्यालयमा पढाउन खर्च गरिनेछ । उठेको रकमलाई अक्षयकोषका रुपमा बैंकमा राख्ने र त्यसबाट आएको व्याजरकमले झापाका सीमान्तीकृत जाति र अन्यका गरिब परिवारका विद्यार्थीहरुलाई विद्यालय शुल्क तथा अध्ययन सामग्री उपलब्ध गराउने योजना झापाली समाजले बनाएको छ । यो कामका लागि ४० जना झापालीहरुले सदस्यता लिइसकेको पनि डा.दाहालले जानकारी दिएका छन् ।
समाजले झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा कोभिड–१९ को परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालामा पिसिआर मेशिन खरिदका लागि रु २५ लाख सहयोग गरिसकेको छ । झापामा दिन प्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जनस्तरबाट कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि ‘एकका लागि एक’ अभियान सञ्चालित थियो । अभियानसँग साझेदारी गर्दै समाजले सो सहयोग गरेको हो । त्यसैगरी “झापाली समाज युएसए” ले जिल्लालाई दुई वटा एम्वुलेन्स प्रदान गरेको छ ।झापाको केचनाकवल गाउँपालिका र झापा गाउँपालिकाको रेडक्रस, शरणामति उपशाखासंग साझेदारीमा सन्चालन गर्ने गरी २ वटा एम्बुलेन्स खरिद गर्नका लागि रु १०,५०,००० (दश लाख पचास हजार) उपलब्ध गराइसकेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *