सिके राउत नेतृत्वको जनमत पार्टीको महाधिवेशन आगामी फागुन १५ भित्रै हुने

डिसी नेपाल
१४ भदौ २०७७ २१:५९
412
Shares

काठमाडौं। सिके राउतको नेतृत्वमा गठन भएको जनमत पार्टीको पहिलो महाधिवेशन आगामी फागुन १५ भित्रे हुने भएको छ। जनमत पार्टीको केन्द्रीय समितिकोबैठकले महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ। शुक्रबार अनलाइन केन्द्रीय समितिको बैठक भएको थियो।

सो बैठकले महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको हो। महाधिवेशनका लागि हालको पार्टीको विधानले केही समस्या उत्पन्न हुने भन्दै विधानका केही व्यवस्थाहरुसमेत संशोधन गरिएको छ। पहिलो महाधिवेशन भएकाले क्रियाशिल सदस्यतालगायतका विषयमा व्यवहारिक कठिनाई भएकाले विधान संशोधन गरिएको जनमत पार्टीले जनाएको छ।

त्यस्तै पार्टीले तराईका विभिन्न जिल्लाहरुमा इन्चार्ज र सह इन्चार्ज पनि तोकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *