कोरोना महामारीकाबीच हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आउँदै

डिसी नेपाल
१५ भदौ २०७७ १८:५९

काठमाडौं। विश्वव्यापी कोरोना महामारीकाबीच बहराइनका राजकुमार शेख नासेर बिन हमद अल खलिफा हिमाल आरोहण गर्न नेपाल आउने भएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बहराइनका राजकुमारसहित १५ जना र ३ जना बेलायती नागरिकलाई नेपाल आउन दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले उनीहरुलाई नेपाल आउन अनुमति दिने निर्णय भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। उनले भने, ‘सम्भवत लकडाउनपछि माउन्टेरिंग पर्यटनका लागि यसरी अनमुति दिएको यो पहिलो पटक हो।’ उनका अनुसार नेपालको दुई वटा हिमाल ल्होत्से र मनास्लु आरोहणका लागि १८ सदस्यीय टोली नेपाल आउन लागेको हो।

उनीहरु चार्टर्ड उडानमार्फत स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर आउने बताए। उनका अनुसार आगामी सेप्टेम्बर १५ मा उनीहरु नेपाल आउने छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *