मुस्कानले प्रधानमन्त्रीलाई भेटिन्

डिसी नेपाल
१६ भदौ २०७७ २१:०७
4
Shares

काठमाडौं। एसिड आक्रमणकी पीडित मुस्कान खातुनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन्। मंगलबार बालुवाटार पुगेर उनले प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए।

गत वर्ष मुस्कानमाथि एसिड आक्रमण भएको थियो। एसिड आक्रमणका अपराधीमाथि कडा कारबाही र पीडितको पुनस्र्थानाका विषयमा बहस भइरहेकाबेला खातुनले प्रधानमन्त्री ओलीलाई भेटेकी हुन्।

नेपालमा पछिल्ला वर्षहरुमा एसिड आक्रमणका घटनाहरु बढिरहेका छन्। हालै ओखलढुंगाकी एक युवतीमाथि गंगबु क्षेत्रमा एसिड आक्रमण भएको थियो। उनको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *