कालिकोटमा देखिन थाले औलो रोगका बिरामी

डिसी नेपाल
१ असोज २०७७ १७:५८

कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा औलो रोगका बिरामी देखिन थालेका छन् । तराई क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग पहाडमा देखिन थालेको हो । पहाडी जिल्लामा लामखुट्टे देखिन थालेपछि औलो रोगका बिरामी भेटिन थालेका छन् ।

जिल्ला अस्पताल कालिकोटले गरेको परीक्षणमा खाँडाचक्र–२ का बाहिरी जिल्लाका एक र चार स्थानीय गरी पाँच जनामा औलो रोग देखिएको छ । औलो रोग देखिएपछि महामारी तथा रोग नियन्त्रण महाशाखा टेकुबाट डा मदन कोइरालाको नेतृत्वमा चिकित्सकीय अनुसन्धान टोली कालिकोट पुगेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले बताए ।

यो औलो रोग मान्छेबाट मान्छेमा नसर्ने र यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने सेजुवालले बताए । पहिला पहिला पहाडी जिल्लामा औलोका बिरामी भेटाउन मुस्किल हुने गरेको तर अहिले लामखट्टेका कारणले औलो रोगका बिरामी भेटिन थालेको स्वास्थ्य शाखा प्रमुख सेजुवालले बताए । “तराईमा मात्र विगतमा लामखुट्टे देखिने गरेका थिए”, उनले भने, “अहिले लामखुट्टे पहाडमा देखिन थालेका कारणले पनि औलो रोगका बिरामी पहाडमा देखिन थालेका हुन् ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *