घर आँगनमा सरकार पुगेको अनुभूति दिलाउने प्रयासमा छौंः मुख्यमन्त्री भट्ट

डिसी नेपाल
३ असोज २०७७ १६:१४

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै प्रकारका कानूनलाई संविधानको भावना र मर्म अनुकूल बनाएर प्रदेशवासीको घरआँगनमा सरकार पुगेको अनुभूति दिलाउन प्रदेश सरकार लागिपरेको बताएका छन्।

संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड—१९ को विषम परिस्थितिमा मनाउन लागिएको यस वर्षको संविधान दिवसले सबै प्रकारका विषम परिस्थितिको सामना गर्न र प्रदेशवासीको हित एंव समृद्धिमा एकजुट भई लागि पर्न हामी सबैलाई सुखद अनुभूति भएको बताए ।

स्वदेश र विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको लागि शुभकामना दिँदै उनले सन्देशमा अहिलेको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ल्याउन सहादत प्राप्त गर्नुभएका ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

तीन जना कैदीको बाँकी कैद मिनाहा

नेपाल सरकारको निर्णयबमोजिम कैलाली कारागारमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका तीनजना कैदीको बाँकी कैद मिनाहा गरिएको छ ।

कारागार शाखाका प्रमुख महेन्द्रसिंह खड्काले कर्तव्य ज्यान मुद्दाका एक र सवारी ज्यान मुद्दाका दुई जनाको बाँकी कैद मिनाहा गरिएको जानकारी दिए । १५० जना कैदीबन्दी अटाउन सक्ने क्षमताको कैलाली कारागारमा हाल दुई आश्रित बालकसहित ३३ महिला र ४८० पुरुष कैदीबन्दी रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *