नेपाली कामदार लैजाने विषयमा पर्ख र हेरको रणनीतिमा दक्षिण कोरिया
फाइल फाेटाे।
काठमाडौं। रोजगारीको लागि दक्षिण कोरिया जान हजारौँ नेपाली उड्ने दिन कुरेर बसिरहेका छन्। कोरियन भाषा परीक्षा पास गरी छनोटमा परिसकेका चार हजारभन्दा धेरै नेपाली श्रमिकहरू कोरिया जान पाएका छैनन्।
तर, नेपाली कामदार तत्तकाल लैजाने पक्षमा भने दक्षिण कोरिया छैन। नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै नेपाली कामदार नलैजाने दक्षिण कोरियाको अडान छ। नेपालमा कोरोनाको संक्रमणको अवस्था हेरेर मात्रै निणर्य लिने कोरियाको रणनीति छ। उसले भनेको छ– ‘वेट एण्ड सी’।
सम्पूर्ण प्रकृया सकेर कोरिया जाने सपना बुनेका हजारौँ नेपाली अहिले अन्यौलमा छन्। इपिएस अन्तरगतका कमिटेड कामदार तथा अन्य कामदारका दक्षिण कोरिया प्रवेशका विषयमा जिज्ञाशा बढेपछि साेलस्थित नेपाली दूतावासले जिज्ञाशा मेटाउन सार्वजानिक सूचना जारी गरेको छ।
दूतावासले भनेको छ, ‘नेपालमा हाल कोभिड–१९ को संक्रमण बढेकोले हाललाई रोकेको र भविष्यमा कोभिड–१९ को अवस्था हेरी निर्णय गर्न सकिने भनि गणतन्त्र कोरियाका सम्बन्धित निकायले जानकारी गराएको व्यहोरा अनुरोध छ।’
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पनि यस विषयमा अहिले नै केही भन्न सकिने अवस्था नरहेको बताए। ‘कामदार लैजाने प्रकृयामा कोरियाले सेप्टेम्बरको अन्तिमसम्म जानकारी दिने भनेको थियो। अक्टोबरबाट कामदार कोरिया लैजानै प्रक्रिया शुरु गर्ने भन्ने थियो,’ दाहालले भने, ‘अहिले नै केही भन्न सक्ने अवस्था छैन।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment