कर्णालीमा लाइसेन्स वितरण शुरु

डिसी नेपाल
८ असोज २०७७ १९:०१

सुर्खेत । वीरेन्द्रनगरबाट नयाँ लाइसेन्स वितरण शुरु गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज एक कार्यक्रमबीच सेवाग्राहीलाई नयाँ लाइसेन्स वितरण गरे । गत माघ ६ गतेबाट नयाँ लाइसेन्स सेवा शुरु गरेको कर्णालीको यातायात व्यवस्था कार्यालयले आज मुख्यमन्त्री शाहीको उपस्थितिमा पाँचसय ५३ नयाँ लाइसेन्स वितरण गरिएको छ ।

गत माघबाटै सेवा शुरु गरिए पनि छपाई गर्न काठमाडौँ पठाउनुपर्ने र कोभिड–१९ का कारण वितरण प्रक्रिया ढिला भएको यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाइँले जानकारी दिए । उनका अनुसार नयाँ लाइसेन्सबाट मात्रै रु आठ लाख ९२ हजार राजश्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा रु १० करोड ७३ लाख राजश्व सङ्कलन गरिएको जनाएको छ ।

‘उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्नुस्’

मुख्यमन्त्री शाहीले उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्न निर्देशन दिएका छन् । सुर्खेतबाट पहिलो पटक गरिएको लाइसेन्स वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यातायात व्यवस्था कार्यालय कर्मचारीलाई लाइसेन्स लिन भनसुन र पहुँच भन्दा पनि उत्तरदायी र पारदर्शीरुपमा नागरिकलाई नयाँ लाइसेन्स वितरण गर्न निर्देशन दिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *