सम्झना विकको हत्यारालाई कारबाही गर्न माग
काठमाडौं। नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले सम्झना विकको हत्यारालाई कारबाही गर्न माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले शनिबार एक विज्ञप्ति जारी गरी बझाङको मष्टा गाउँपालिकाका १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि भएको हत्याका अपराधीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। “लोकतान्त्रिक शासन व्यवस्था भएको देशमा आम नागरिकको सुरक्षा गर्न नसक्नु दुःखद कुरा हो, सरकारले बलात्कारीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नुपर्छ,” उनले भनेका छन्।
नेविसङ्घका महामन्त्री दिपक भट्टराईले केही महिना पहिले नवराज विकलगायत युवाको रुकुममा भएको नरसंहार र हाल सम्झना विकको बलात्कारपछि हत्या हुनुले दलित समुदायमाथि आक्रमणको घटना बढ्न थालेको बताउँदै दलित समुदायमाथि हुने गरेका विभिन्न प्रकारका विभेद र आक्रमण रोक्नका लागि कडा कानून बनाउन सरकारसँग आग्रह गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment