साविक विजेता बार्यन होफेनहमसँग पराजित

डिसी नेपाल
११ असोज २०७७ २२:३४

काठमाडौं । जर्मन बुन्डेसलिगामा साविक विजेता बार्यन म्युनिख होफेनहमसँग ४–१ पराजित भएको छ । आईतवार होफेनहमको घरेलु मैदानमा भएको खेलमा बार्यनले लज्जास्पद हार ब्योहोरेको हो । होफेनहमका लागि आन्द्रेज क्रमारीचले दुई तथा इर्मिन बाइकाचिच र मुनास डाब्बुरले एक एक गोल गरे । बार्यनको तर्फबाट एकमात्र सान्त्वना गोल जोसुवा किमिचले गरे ।

सिजनको पहिलो खेलमा साल्केलाई ८–० गोल अन्तरले पराजित गरेका बार्यनका खेलाडीहरु भने होफेनहमविरूद्ध कमजोर सावित भए । होफेनहमका लागि खेलको १६ औं मिनेटमा इर्मिन बाइकाचिचले पहिलो गोल गर्दे सुरुवाती अग्रता दिलाए । लगतै खेलको २३ औं मिनेटमा होफेनमका मुनास डाब्बुरले अर्को गोल गर्दे टोलीको अग्रता २–० बनाए । त्यसपछि बार्यनका किमिनिचले खेलको ३६ औं मिनेटमा गोल फर्काउदै अग्रता कम गर्ने प्रयास गरेपनि टोलीलाई जिताउन सकेनन । खेलको दोस्रो हाफमा आन्द्रेज क्रमारीचले खेलको ७७ औं तथा ९०–२ मिनेटमा गोल गर्दा होफेनहम ४–१ ले विजयी भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *