सगुनको ‘मुडटक’ च्याटिङ फिचर : कमजोर इन्टरनेटमा पनि सजिलै काम गर्ने

डिसी नेपाल
१३ असोज २०७७ ७:०४

काठमाडौं । सगुनले आफ्ना लगानीकर्ताहरुको बीच Zoom webinar मार्फत बेटा भर्सन सार्वजनिक ल्याएको छ | सगुनले फरक प्रकारको chat features प्रयोगकर्ताहरु बिच चाडै नै सार्वजनिक गरिने जनाएको छ | भिन्दाभिन्दै mood हरुको आधारमा कुराकानी गर्न सकिने फरक अवधारणाबाट ल्याइँदै गरेको नयाँ फिचरले प्रयोगकर्ताहरूको मन जित्न सक्ने विश्वास लिएको छ |

सगुनले बनाएको च्याटिङफिचर ‘मुडटक’ले निकै कमजोर इन्टरनेट सुविधा भएको ठाउँमा पनि सजिलै काम गर्ने सगुनका प्रविधि प्रमुख कपिल नवानीले जानकारी दिएका छन्।

सगुनका सह संस्थापक तथा भारत स्थित कार्यालय की प्रमुख स्वाती दयालले यो फिचर बनाउँदा आइपरेका अप्ठ्यारा र संघर्षका कथा लगानीकर्ताहरु माझ राखिन् । स्वातीले सगुनको नयाँ च्याट फिचर Mood Talk  को प्रत्यक्ष डेमो देखाउनुका साथै यसमा तुरुन्तै आउने अरु नयाँ फिचरहरुका बारेमा पनि बताइन्।

सगुनका फाउन्डर गोविन्द गिरीले सबै इन्जिनियरहरु जस्ले यो chat system  विकास गर्न मद्दत पुर्याए, उनीहरूलाई धन्यवाद दिए।

सगुनका Design Manager Umer Bhatt ले यो Product  बनाउँदा खेरि के कस्ता मनोवैज्ञानिक अनुसन्धान देखि लिएर अहिले चलनमा आएका प्रविधिहरू के/के छन् सबै कुरो विश्लेषण गरेर बनाएको बताए।  उनले संस्थापक गोविन्द गिरीको सोच र विचारलाई सुनेपछि आफुहरुले त्यसलाई मूर्तरूप दिन प्रयास गरेको बताए।  उनको भनाई अनुसार जब यो Product  बाहिर सर्वसाधारणबीच आउँछ त्योबेला सबैले यसको कुन लेबलको डिजाइन र back-end कामहरु भएको छ त्यसको सहज अनुभव प्रयोगकर्ताहरुले गर्न पाउनेछन्। मौका पाउने हो भने हामीपनि ठूला ठूला कम्पनी जस्तै अथवा त्यो भन्दा राम्रा किसिमका प्रोडक्ट र फिचर्सहरु दिन सक्ने उनले बताए ।

त्यस्तै, सगुनका IOS Development Head  मनिष गुप्ताले निकै छोटो समयमा आफुहरुले च्याट सिस्टम विकास गरेको बताए । “हामीले रातदिन नसुती काम गरि रहेका छौं। गोविन्द गिरी सरको जुन भिजन छ त्यसलाई सार्थक रुप दिनलाई हामीले जे जति गर्न सक्छौं, त्यो गर्न पाएकोमा हामी निकै खुसि छौं,” उनले भने।

त्यस्तै, सगुनका Android Development Head  रोह्ताश चौहानले एन्ड्रोइडमा कुनैपनि नयाँ फिचर्सहरु ल्याउन आइओएसमा भन्दा निकै अप्ठ्यारो भएको बताए।  आइओएसमा धेरै किसिमका भर्सनहरु नभएको हुँदा त्यसमा कुनैपनि फिचर्स बनाउनु र अप्डेट गर्न सजिलो हुन्छ, तर एन्ड्रोइडमा विभिन्न किसिमका भर्सनहरु भएको हुनाले ती सबैलाई समेट्न अलि धेरै कठिनाइ र समय लाग्ने उनले बताए । यो प्रोजेक्टमा संलग्न हुन पाउँदा आफूलाई निकै गर्व लागेको उनले बताए।

अन्त्यमा सगुनका सहायक प्रवन्धक ओमप्रकाश श्रेष्ठले कोभिड-१९ का कारण नयां फिचर सार्वजनिक गर्नमा अलि ढिलाई भएको बताए। यो बेटा रिलिजमा पनि अझ निकै धेरै कुराहरु राख्नु छ, काम गर्न अझै निकै बाँकी छ र हामीले सर्वसाधारणका बीच अब आउने केही हप्तापछि रिलिज गरिसकेपछि सबै प्रयोगकर्ताहरुले मन पराईदिनु हुनेछ भन्ने विश्वास लिएकाे उनले बताए।

सगुनको यो feature सार्वजानिक भएपछि सगुनको मूल्यांकनमा वृद्धि हुने जनाइएको छ भने सर्वसाधारणलाई उपलब्ध गराएको MINI IPO यही सेप्टेम्बर 30 NEW YORK समयअनुसार मध्यरात 12 बजे समाप्त हुने सार्वजानिक गरेको छ | इच्छुक लगानीकर्ताहरुले अझै पनि www.sagoon.com/invest मा गएर यो valuation मै लगानीको फाइदा लिनसक्ने सगुनले उल्लेख गरेको छ ।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *