अमेरिकामा रहेका नेपाली युवाले बनाए ‘मोबाईल एप’, १ लाख बढी विद्यार्थी लाभाम्वित (भिडियाेसहित)

काठमाडौं । अमेरिकामा रहेका नेपाली युवा राकृश ढकालले स्कुलका विद्यार्थीको लागि सिकाई गर्न मिल्ने मोबाईल एप बनाएका छन्। डिसी नेपालका लागि विबेक पौडेलसँगको कुराकानीमा उनले उक्त मोबाइल एपबाट १ लाख बढी विद्यार्थी लाभाम्वित भएको बताएका छन्।
‘म सानैदेखि कम्प्यूटरमा रुचि राख्ने भएकाले पनि मलाई ‘मोबाइल एप’ बनाउँन सजिलो भएको हो।’ राकृशले भने, ‘पहिला पहिला त स्कुलको सिस्टमसँग भएका कारण डर लागि रहेको थियो। पछि स्कुले नै मेरो मोबाइल एपलाई स्वीकार गरेपछि खुसी लागेको छ।’
सन २०११ मा नेपालबाट अमेरिका गएका राकृश अमेरिकामै हुर्के बढेका कारण त्याँहाको रहनसहन र भेषभुषामा पनि घुलमिल चाँडै भएको बताउँछन्। उनले सानोमा आफ्नो बाबाको अफिसमा गएर आफ्नो नाम कम्प्यूटरमा लेखेर प्रिन्ट गरेपछि कसरी हुँदो रहेछ भन्ने लागेर कम्प्यूटर तर्फ आफ्नो ध्यान गएको बताएका छन्।
उनले भने, ‘मलाई याद छ। म बाबाको अफिस गएको थिएँ। बाबा ट्वाइलेट गएको बेला मैले कम्प्यूटरमा मेरो आफ्नो नाम लेखेर झण्डै २० पेज प्रिन्ट आउट गरेछु। त्यो कसरी स्कृनमा भएको कुरा कागजमा आयो झै लाग्यो। मैले आफै सिक्नुपर्छ भन्ने लाग्यो र मैले कम्प्यूटर सिकाईलाई नै आफ्नो प्यासन बनाएँ।’
स्कुलको ग्रेड हेर्नकाममा साथिहरुले अल्छि गरेको र आफूले पनि प्रयोग गर्दा झञ्जटिलो भएकाले यसको ‘सोलुसन’का लागि आफूले मोबाइल एप बनाएको राकृशले बताए।
‘मैले सुरु सुरुमा एप बनाएको छु भन्दा साथिहरुले पत्याएनन्।’ राकृशले भने, ‘मैले कोशिस गरेँ। १÷२ जनाले डाउनलोड पनि गर्नु भयो। पछि गएर एक अर्कामा आफै प्रचार भयो र सबैले एप डाउनलोड गर्न थाले।’
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना