माैरीले टाेक्दा युवककाे ज्यान गयाे

डिसी नेपाल
२२ असोज २०७७ ९:२३

नुवाकाेट। नुवाकोटमा मौरीको टोकाइबाट एक युवकको मृत्यु भएको छ। बुधबार नुवाकोटको विदुर- ३ निवासी २५ वर्षीय सुनील नेपालीको मौरीको टोकाइबाट मृत्यु भएको हो।

मह निकाल्नको लागि बेलकोटगढी नगरपालिका ७ मा रहेको बरको रुखमा चढेका नेपालीले मौरीको घारलाई बिना सतर्कताका साथ हातले हानेका थिए।

मौरीको टोकाइबाट गम्भीर घाइते भएका उनलाई अचेत अवस्थामा जिल्लाको ढुङ्गेस्थित हेल्थ कियरमा अस्पताल लगिएको थियो। घाइते नेपालीको उपचारको क्रममा मृत्यु भएको हो।

स्थानीयका अनुसार नेपालीलाई बचाउन गएका वेलकोटगढि नगरपालिकाका कृष्णबहादुर सुनार गम्भीर घाइते भएका छ्न्। उक्त घाइते सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला  प्रहरी कार्यालय नुवाकाेटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *