जनप्रतिनिधिलाई धम्क्याएको अभियोगमा ‘गुण्डा नाइके’ राधे पक्राउ

डिसी नेपाल
२३ असोज २०७७ ९:४३

काठमाडौं। क्रसर सञ्चालन र वालुवा डिपो लगायतका निर्माण सामाग्री सञ्चालकहरुबाट हप्ता असुली गरिरहेका धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन्।

धादिङकै सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए।

डिएसपी तिम्सिनाका अनुसार अवैद्य रुपमा वालुवा निकाल्न लागेका भण्डारीलाई जनप्रीतनीधिहरुले रोक्न खोजेपछि विवाद हुँदा उनले जनप्रतिनीधिहरुलाई धम्क्याएको आरोपमा पक्राउ परेका हुन्। भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए।

यसअघि ०७० साल २१ असारमा धादिङबाट राजधानी फर्किने क्रममा गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई गोली हानेपछि उनी चर्चामा आएका थिए। उनी चरीको प्रतिद्धन्दी मानिन्थे। चरी इन्क्काउण्टरमा मारिएपछि भने भण्डारीले धादिङका व्यापारीहरुलाई एकलौटी रुपमा धम्क्याउदै आएको प्रहरीले दावी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *