डा. केसीसँगको वार्ता मिल्यो, आाइतबार बिहान अनशन तोडिने

डिसी नेपाल
२५ असोज २०७७ ०:२४
304
Shares

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा. गाविन्द केसी र सरकारबीच सहमति भएको छ। शिक्षा सचिब गोपिनाथ मैनालीको नेतृत्वमा गठन भएको सरकारी वार्ता टोली र डा. जीवन क्षेत्रीको नेतृत्वको डा. केसीका प्रतिनिधिबीचको वार्तामा मध्य राति सहमति जुटेको हो।

डा. केसीका सहयोगी प्रितम सुबेदीले सहमति भएको डिसी नेपाललाई जानकारी दिए। उनले भने, सहमति भएको छ, भोलि (आइतबार) अनशन तोडिन्छ। मध्य राति डा. केसी अनशन बसेको शिक्षण अस्पताल महाराजगञ्जमा सहमति जुटेको हो।

डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएको हो। शुक्रबार वार्ता भाँडिएको थियो। तर, शनिबार बिहानैदेखि शिक्षामन्त्री र सरकारी वार्ता टोलीबीच भएको छलफलम डा. केसीसँग फेरि वार्ता गर्ने समझदारी भएपछि शुक्रबार मध्य राति वार्ता भएको थियो। डा. केसीले हरेक प्रदेशमा सरकारी शिक्षण अस्पताल हुनुपर्ने, आईओएमको डिन नियुक्तिमा वरिष्ठताका आधारमा हुनुपर्नेलगायत ६ बुँदे माग राखेर जुम्लाबाट अनशन शुरु गरेका थिए। शनिबार अनशन बसेको २८ औं दिनमा सहमति जुटेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.