कोरोना कहर : त्यो ठमेल, यो ठमेल

मदन कोइराला
२७ असोज २०७७ १०:२७

काठमाडौं। नेपालमा कोरोना प्रभाव सुरु हुन अगाडिसम्म खुट्टा टेक्ने ठाउँसमेत पाउन गाह्रो हुन्थ्यो। ठमेल नेपालकै निकै व्यस्त जीवन शैली भएको ठाउँ हो। ठमेललाई काठमाडौंको युरोप समेत भनिन्छ।

विशेष गरी टुरिस्ट एरिया भएका कारण ठूलादेखि साना व्यापारीसम्मलई कामको चटारो हुन्थ्यो। अझ ठमेलको रात्रिकालीन जीवन त झन् मनमोहक नै हुन्थ्यो। मध्यरातमा काठमाडौं मस्त निद्रामा हुँदा ठमेल जागा हुन्थ्यो।

ठमेलमा व्यापार गर्न सबै लालाहित हुन्थे। त्यहाँ सटर पाउनु भनेको अमेरिका जाने डिभी चिठ्ठा पर्नु जस्तै मानिन्थ्यो।  तर अहिले ठमेलको परिचय फेरिएको छ। कुनै बेला खुट्टा टेक्ने ठाउँ नहुने ठमेल अहिले उराठ मरुभूमि जस्तो भनेको छ।

अहिले त्यहाँ कसैलाई पनि कामको हतारो छैन। न भीडभाड नै छ। ठमेलमा अहिले सटर नपाउने समस्या पनि छैन। अरु अधिकांश ठमेलका सटरमा ‘टु–लेट’ लेखिएका छन्।

अहिले ठमेल दिउँसै सुनसान छ। यहाँका व्यवसाय ठप्प छन्। ठूलो लगानी गरेर यहाँ व्यवसाय स्थापित गरेका पर्यटन व्यवसायीहरु अहिले पूरै बेरोजगार छन्। घर भाडामा लगाएर त्यसैको आम्दानीमा चलिरहेका रैथाने बासिन्दाको पनि आम्दानी गुमेको छ। अनि, यहाँको व्यवसायमै श्रम बेचेर जीविकोपार्जन गर्ने श्रमजीविहरुसमेत बेरोजगार भएका छन्।

ठूलो लगानी गरेर यहाँ व्यवसाय स्थापित गरेका पर्यटन व्यवसायीहरु अहिले पूरै बेरोजगार छन्। घर भाडामा लगाएर त्यसैको आम्दानीमा चलिरहेका रैथाने बासिन्दाको पनि आम्दानी गुमेको छ। अनि, यहाँको व्यवसायमै श्रम बेचेर जीविकोपार्जन गर्ने श्रमजीविहरुसमेत बेरोजगार भएका छन्।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका कारण सबै क्षेत्र तहन नहस भएसँगै ठमेलको अहिले नाजुक अवस्था बनेको छ। पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर कारोबार गर्दै आएको ठमेल पर्यटक आवात जावत ठप्प भएसँगै ठमेल पनि ठप्प भएको छ। अहिले ठमेलका रित्ता गल्लीमा एकाध रिक्सा गुडेका छन्, केही पसल संचालनमा पनि छन्, तर व्यापार ठप्प छ।

सरकारले वर्ष २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेपछि ठमेलका व्यापारी निकै उत्साहित बनेका थिए। कतिपय नव व्यापारीहरुले ठमेलका करोडौं लगानी गरेका थिए। तर कोरोना भाइरसका कारण भिजिट नेपाल मनाउने सरकारको योजना तुहिएसँगै धेरै व्यापारीको योजना पनि तुहिएको छ।

अहिले ठमेलमा व्यापार व्यावसाय गर्ने करिव २० प्रतिशत व्यापारी विस्थापित भइसकेको बताउँछन् पर्यटन व्यावसायी लिला दाहाल काका। कैलाश टुर अपरेटर एशोसियसनका उपाध्यक्षसमेत रहेका दहालले २० प्रतिशत व्यावसायी विस्थापित हुँदा अन्य ८० प्रतिशत व्यापारी भने सरकारबाट सहुलीयतपूर्ण ऋण पाउने आशामा बसेको बताउँछन्।

ठमेलकाे नरसिंह चाेकमा देखिएकाे दृष्य। फाइल तस्वीर कमल साउद/ डिसी नेपाल

‘कोरोना भाइरसपछि व्यापार व्यावसाय ठिक हुने आशामा रहेका व्यापारीले घरबेटीसँग ५० प्रतिशतसम्म घरभाडा छुट गराएर भोलि राम्रो होला भनेर बस्नु भएको छ,’ दाहालले डिसी नेपालसँग भने, ‘तर घरबेटीले घरभाडा छुट दिन नमानेपछि करिव २० प्रतिशत व्यापारी पलायन भइसकेका छन्।’

व्यापारीहरुले सरकारबाट सहुलीयतपूर्ण ऋणको अपेक्षा गरेको भएपनि हालसम्म त्यो पूरा भएको बताए।  अहिले व्यापारीलाई बैंक, फाइनान्स र सहकारीबाट आउने फोनले तनाव दिने गरेको छ। किस्ता गर्न व्यापार नहुँदा बैंकको किस्ता कसरी तिर्ने भन्ने चिन्ताले धेरै व्यापारी पलाउने हुने अवस्था आएको व्यापारीको गुनासो छ।

‘२५ वर्षमा अहिलेको जस्तो अवस्था हामीले कहिल्यै देखेका थिएनौं,’ विगत २५ वर्षदेखि ठमेलको नरसिंह चोकमा ह्याण्डी क्राफ्टको व्यापार गर्दै आएको अग्नि ढकाल भन्छन्, ‘तर अहिलेको कोरोना भाइरसका कारण पर्यटन व्यावासाय धरासायी मात्रै भएको छैन। धेरै जना विस्थापित हुने अवस्था आएको छ।’

अहिलेको परिस्थिति विषम भएपनि एक दिन ठमेल पहिला कै लयमा फर्किनेमा विश्वस्त छन्, विगत ३० वर्षदेखि ठमेलमा कपडा व्यावसाय गर्दै आएका रमेश बानियाँ। ‘अहिले नेपालमा मात्रै नभएर विश्व नै कोविड १९ सँग जुधिरहेको छ,’ उनले भने, ‘तर एक दिन ठमेल फेरि पुरानै लयमा फर्किन्छ।’

विशेष गरी ठूला महलमा लाखौं घरघाडा तिरेर बसेका व्यावसायी बढी मारमा परेको देखिन्छ। विगत २० वर्षदेखि भारत प्रशासित कश्मिरबाट नेपालमा आएर पस्मिनाको व्यापार गरिरहेका मन्जुल अहमद भन्छन्, ‘विगत २० वर्षदेखि म यहाँ पश्मिनाको व्यापार गर्दै आएको छु। तर अहिलेको जस्तो अवस्था कहिल्यै आएको थिएन,’ उनले भने, ‘यो महामारी अन्त्य नभएसम्म यहाँको व्यापार सुचारु हुने अवस्था छैन।’

नेपालको युरोप भनेर चिनिने नगरी ठमेलमा कयौं प्रकारका व्यावसायी र व्यावसाय रहेको र ती सबै व्यवासाय नेपालमा आउने पर्यटकलाई लक्षित गरेर गरिएका थिए। ती व्यावसायमा नेपालीबाट चलायमान हुने संभावना २० प्रतिशत मात्रै हो। तर अहिले ठमेल क्षेत्रमा न नेपालीको चलह पहल छ न य विदेशी पर्यकट नै छन्। कोरोना महाहारी कहिलेसम्म लम्बिने हो भन्ने यकिन पनि छैन।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *